ओलम्पिकमा स्वर्ण पदक विजेता अमेरिकी फुटबल टोलीकी गोलकिपर होप सोलोले चार वर्ष अघिको बेइजिङ ओलम्पिकका बेला खेलाडि बस्ने स्थान वेश्यालय जस्तो भएको भनी गरेको टिप्पणीले त्यसबेला ठूलै हंगामा मच्चाएको थियो ।

उनको त्यस्तो अभिव्यक्तिका कारण उनको आलोचना मात्र भएन उनीमाथि कारवाही समेत हुनसक्ने बताइएको थियो । उनको उक्त टिप्पणी अतिशयोक्तिपूर्ण भनेर धेरैले जवाफ दिए । तर आखिर ओलम्पिक खेलाडि बस्ने ओलम्पिक भिलेजमा यौन धन्दा निकै चल्ने गरेको कुरामा अहिले विश्वास गर्नैपर्ने भएको छ ।

ओलम्पिक भिलेजमा हुने यौन कार्यलाई मध्यनजर गर्दै ओलम्पिक कमिटीले खेलाडिहरुका लागि डेढ लाख कण्डम बाँडेको घटनाले यसलाई पुष्टि गर्छ । १७ दिनको खेल महाकुम्भमा खेलाडिका लागि मात्रै यतिधेरै कण्डम बाडिनुले के पुष्टि गर्छ भने खेल अवधिभर ओलम्पिक भिलेजमा खेलाडिहरु यौन धन्दामा निकै लिप्त हुन्छन् ।

खेलाडिका लागि भनेर छुट्टाइएका ति कण्डम प्रत्येकलाई बाँड्दा एउटा खेलाडिको भागमा १५ वटा कण्डम पर्छन् । यसले पनि खेलाडिहरु झण्डै दिनहुँजसो सम्भोग क्रिडामा संलग्न हुने गरेको देखिन्छ । ओलम्पिकको ध्येय नै छिटो, उच्च र ससक्त भन्ने छ । त्यसैले पनि त्यस्तो अब्बलपनामा उर्जा भर्न यौनको तिर्सना मेट्ने सुविधा खेलाडिहरुका लागि उपलब्ध गराइएको हुनसक्छ ।

वास्तवमा ओलम्पिकमा आउने खेलाडिहरुको मुख्य ध्येय भनेकै आफ्नो कडा परिश्रमलाई उपलब्धीमा बदल्न बढिभन्दा बढि राम्रो खेल देखाउनु हो । तर विश्वका एक से एक अब्बल, उत्कृष्ट, सेक्सी तथा हेल्दी १० हजार जना मान्छेहरु जम्मा भएको स्थानमा मन बहलाउने अरु उपाय हुँदै हुँदैनन् भन्ने होइन । त्यसैले होला ओलम्पिक भिलेजमा छुट्टै क्याम्पिङ गरेर सुत्ने सुविधा पाउने खेलाडिहरु आफ्नो मनले खाएको अर्को विपरित लिंगी खेलाडिको साथमा रात बिताउन हरदम प्रयत्न गर्छन् र तनाव बाट मुक्ति पाएर अझ राम्रो खेल देखाउने अपेक्षामा हुन्छन् ।